हे प्रभु, म कसरी तपाईलाई प्रेम गर्न सक्दिन ?
यद्यपि म माटो भएता पनि तपाईकै लागि जीउछु, र म तपाईकै हु।
मैले गर्ने सबै कुरा तपाईकै प्रेमको निम्ति हो ।
म आफ्नै स्वार्थको निम्ति जीउदिन ,
तर तपाईको नाउ‘को महिमाको निम्ति जीउ‘छु ।
तपाईका भेडाहरुलाई फर्काएर ल्याउन चाहान्छु,
तपाईको ईच्छा र योजनालाई पछ्याउ‘छु ।
म तपाईलाई प्रेम गर्छु र तपाईको प्रेमकै कारण
तपाईले मेरो विश्वासलाई शक्तिशालि बनाउनुहुन्छ,
म असक्षम भएता पनि म तपाईलाई सधैं असिमित प्रेम गर्दछु ।
म सदा तपाईको महिमा गर्नेछु ।
आमेन ।
१२ जनवरी १९८८
Leave a Reply