मेरो प्रभु म तपाईको दिब्य मुहार हेर्नबाट अलग बस्न सक्दिन । कारण मेरा आँखाहरु तपाईको मुहारमा केन्द्रीत भएको छ । म तपाईलाई भक्ति र महिमा चढाउन भन्दा अरु केहि गर्न चाहान्न । हे प्रेमी पिता श्वर्ग र पृथ्वीमा हरेक मेरा आँखा तपाईबाट अलग रहन सक्दैन । र मेरो विचारले तपाईलाई खोज्दछ । म तपाईको निम्ति जीउनेछु, मेरो पलपलको सास पनि तपाईकै निम्ति फेर्नेछु । मेरो आनन्द तपाई नै हो । म विश्वास गर्छु र तपाईलाई सधैं मेरो जीवनमा उचाल्न चाहान्छु । म तपाईलाई असिम प्रेम गर्दछु । आमिन । २६ मार्च १९८८