म मेरो शान्ति तिमीलाई दिन्छु । के तिमी मैले दिएका बचनहरु लेख्छौ ?

हुन्छ प्रभु

यो पुस्ता झुक्न गारो मान्छ । उनीहरुले पाप गरेर आफ्नो शक्ति नाश पारिरहेका छन र शैतान माथि आफ्नो भरोषा राखीरहेका छन्, शैतान माथि आफ्नो आशा बढाईरहेका छन् । यध्पी सबैले मलाई देख्नु भन्दा अगाडी देखी नै म उभीरहेको छु, केहि मानिहरुले मात्र मलाई याद गरे । उनीहरुको अगुवाहरु क्रुरता तर्फ बढिरहेका छन् , र धेरै राष्ट्रहरुले उनीहरुको हाथबाट मृत्यू पर्खीरहेका छन् । श्रृष्टि म ’emको लागी कत्ती धेरै रोएको छु ! जोहरु को जीवन मृत्यू तीर फर्फाराईरहेका छन् , त्यसपछि ज्वाला हावा संग पड्कदै जिब्रोले जस्तै गरी तिम्रो समाजलाई खानेछ , र म यो पुस्तालाई सोध्नेछु : तिमीहरुले कहाँ राहत पाउनेछौ ? र कस कहाँ पाउनेछौ ? शैतान मा ? की आफ्रनै अहम मा ?

समय कार्यान्वयन हुन लागेको छ ,यो अविश्वासी पुस्ताहरु को लागि सजाय र न्याय अब उनहिरुको ढोका मै छ । जब तिमीले बादल को गद्गदाहत सुन्नेछौ तब म मेरो निर्दैशनहरु पुरा गर्नेछु  , मेरो आवाज तिमीहरुको कानमा गर्जन जस्तै गरि सुनीनेछ , सनसनीपुर्ण पृष्वी को अन्त नजिकै छ । त्यसपछि यस संसारमा बस्ने सबैले न्यायको आवाज सुन्नेछन् : दुष्टले धेरै राष्ट्रहरुमा मृत्यू निम्त्याउने छ…हरेक शहरमा छिरेर सखाप पार्नेछ ।

के तिमीले सुनेको छौ, ‘परमप्रभुका दुतहरुले हरेक राष्ट्र र शहरहरुलाई घेर्नु हुनेछ ’ सबैलाई पश्चताप गर्न को निम्ति बोलाईरहेको छ ? यी कुराहरु आउने दिनहरुमा पुरा हुनेछ ।

त्यसैले , तिमीहरु जो मेरो न्यायस्थलमा प्रवेश गरि मेरा बचनहर बिश्वास गर्छौ, भय र डर नमानीकन प्रार्थना गर । तर सावधान तिमीहरु जसले मेरा अगमवानी बचनहरुलाई गिल्ला गरि आफ्नो जिब्रोलाई प्रोत्साहन दिन्छौ । तिमीहरु जसले आफ्नो झूट को सफाई दिन अझ धेरै झुट प्रयोग गरेका छौ , तिमीहरुले साँच्चै नै आफ्नो चिहान मा मेरा बचनहरु गाडेका छौ , हो साँच्चिकै , तिमीहरु मेरा बचनहरुलाई बङ्गयाईरहेका छौ । तर तिमीहरुको आफ्नै पापले गर्दा तिमीहरु र म बिच खादल सिर्जना भएको छ र अब न्याय रोकिने छैन । म तिमीलाई भन्दछु ,आउने दिनहरुमा तिमीले तीतोपनाको सामना गर्नु पर्नेछ , तब म तिमीलाई सान्तव्ना दिनेछु  …प्रार्थना गर र आफ्ना परेली बन्द गरी निदाउने अनुमती नदेऊ !

यहाँ कसरी प्रार्थना गर्ने भनी उल्लेख गरिएको छ ।

“परमप्रभु ,मेरा परमेश्वर, मेरो प्रार्थना तपाई सम्मुख चढाउँदछु,

हाम्रो पुकारा र क्रन्दनलाई सुन्होस् ,र सहायता गर्नुहोस्,

हे मेरा परमेश्वर ’emलाई क्षमा गरिदिनुहोस् जसले तपाईलाई  बिश्वाश गर्दैनन्,

र तपाईले हामीलाई शक्ति सुरक्षा प्रदान गर्र्नु हुन्छ भनी भरोषा नगर्नेलाई पनि ।

हाम्रो समयको ज्योती बाहिर विस्फोट नगरीयोस,

सुख्खा भईरहेको पृथ्वीमा ज्योती प्रकट गराइयोस,

तर तपाईको पिताको कोमलतामा,

हामीलाई  क्षमा प्रदान गर्नुहोस् ।

दुष्टलाई हाम्रो रगत पानी जस्तै गरी बगाउने अनुमती नदिनुहोस्,

हाम्रो कमजोरीपनालाई सम्झेर

तपाईको क्रोध दबाउनुहोस र हामीलाई क्षमा गर्नुहोस्

तपाई को स्वर्गदुतहरुको प्रकोप देखी बचाउनुस,

र हामी आफै प्रमाणीत हुनको निम्ति थप एक मौका दिनुहोस्,

तपाई को दयाको योग्य बनाउनुहोस् ,

म मेरो पुर्ण भरोषा तपाईमा राख्छु । आमिन”

कत्ती धेरै खुशी साथ म यो प्रार्थना स्वीकार गर्नेछु ; यो प्रार्थनाले मलाई हलुको तुल्याउनेछ ! छोरी, म ’emलाई यो आशीष दिनेछु ज–जसले ईमान्दारी पुर्वक यो प्रार्थना गर्नेछन् । यो अगमवाणी सबैले सुनोस भनी घोषणा गरिदेऊ ;  दिन र घण्टाहरु तिमहिरुको परमेश्वर म स्वयममा नै आबद्द छन्, यी बचनहरु तिमीले ’emलाई बताउनु जसले न्यायको दिनको समय र घण्टाको खोजी गर्छन् ! प्रेम ले तिमीहरुलाई प्रेम गर्नेछ ;