हे प्रभु येशू ख्रीष्ट

हाम्रो प्रभु अनि मुक्तिदाता

तपाईले प्रतिज्ञा गर्नु भएको थियो

हामी संग सधै रहने ।

तपाईले सारा तपाईले सारा ख्रीष्टियनहरुलाई

आफ्नो नजिक बोलाउनु भयो अनि

आफ्नो शरीर र रगतमा

हिस्सेदारी गर्न भन्नुभयो ।

तर हाम्रो पापले हामीलाई टुक्¥याएको छ

तपाईसंगै बसेर प्रभु भोजको रोटी ग्रहण गर्ने

शक्ति हामीसँग छैन ।

हामी आफ्ना पापहरु स्वीकार गर्छौ र

प्रार्थना गर्छौ कि

हामीलाई क्षमा गर्नुहोस् अनि

तपाईको ईच्छा अनुसार मेलमिलापमा

सेवाकाइ गर्न हामीलाई सहयता गर्नुहोस् ।

हाम्रो हृदयलाई तपाईको

पवित्र आत्माको आगोले जलाउनुहोस् ।

हामीलाई ज्ञान र बुद्धिको आत्मा दिनुहोस्

अनि बिश्वास र साहसको

धैर्य र नम्रताको प्रेम र पश्चातापको

परमेश्वरको पवित्र माता अनि सबै

सन्तानहरुद्धारा

हामीलाई यी आशिष्हरु दिनुहोस् ।

आमेन । १८ जनवरी १९९३