मलाई सहायता गर्नुहोस् पिता

र मलाई तपाईको शान्त

 खर्कतिर डोर्याउनुहोस्,

 जहाँ अनन्तको शुद्ध पानी बग्दछ,

मलाई बाटो देखाउनका लागि

मेरो ज्योति बनिदिनुहोस् ।

 तपाईं सँगसँगै म हिँड्नेछु ।

 तपाईंद्वारा प्रज्वलित भएर म बोल्नेछु ।

 प्यारो पिता, ममा शान्ति राख्न अनि तपाईंको

प्रेम महसुस गर्नको लागि

ममा रहनुहोस् ।

 म तपाईंका पाइलाहरूलाई पछ्याउनेछु ।

 तपाईंसँगै म रहनेछु ।

मलाई प्रज्वलित पार्नुहोस्,

मलाई प्रेम गर्नुहोस्,

 मसँग रहनुहोस्

अहिले अनि सदासर्वदा ।

आमिन् । २७ सेप्टेम्बर १९८६