भसुला राईडनले कहिले पनि कल्पना गर्नु भएको थिएन कि परमेश्वरले उनलाई ईसाइ मण्डलीहरुको एकता र बिश्वासीहरुलाई उहाँ कहाँ फर्काउनको निम्ति परमेश्वरको सन्देश बाँड्ने विशेष कार्य पूरा गर्न बोलाउन हुनेछ भनी, जसको नाम उहाँले ईश्वरमा सत्य जीवन राख्नु भएको छ , यो अन्तको समयमा यो संसारको लागी ;

एक सम्पन्न महिला— श्रीमती, दुई छोराहरुकी आमा, प्रेरित कलाकार र टेनिस चैंपियन । भसुलाको जीवनमा नोभेम्बर २८,१९८५ मा नाटकीय मोड ल्यायो । त्यस बेला देखी ईश्वरमा सत्य जीवनमा रहि ८७ देशहरुमा लगभग १,१२५ वटा प्रवचन दिईसक्नु भएको छ । भसुलाले उनको यो प्रयत्नको लागी कुनै पनि ब्यक्तिगत रोयल्टी अथवा पारिश्रमीक पाउनु भएको छैन । उनी साक्षी भइन ’cause उनले येशूको बोलावतलाई स्वीकारी ‘हुन्छ’ भन्नुभयो : प्रेमको लागी प्रेमको साथ प्रचार । (येशू , ईश्वरमा सत्य जीवन , १४ अक्टोबर १९९१)

अन्तको समयको लागि यस्तो भनीएको थियो , हाम्रो दुई हृदयले प्रेरितहरुलाई उठाउनेछ , र उनहिरुलाई भनीनेछ : अन्तको समयको प्रेरितहरु ; यी योजनाहरु स्वर्गकी रानी र म स्वयमद्धारा निर्दैशित गरिनेछ , प्रत्येक राष्ट्रमा अगाडी बढ्न, परमेश्वरको वचन कुनै डर बिना र दुश्मनको अनेक आक्रमणबाट रगतले निथुक्र भिजेर पनि घोषना गर्न, तर उनीहरु टुट्ने छैन ; (येशू , ईश्वरमा सत्य जीवन, ३ अप्रील १९९६)

भसुला, ग्रीक अर्थोडक्स ख्रिष्टियन, भएर पनि सबै विश्वासका रहेका सरकार र धार्मिक नेताहरुसंग भेत्नु भएको छ । जस्तै patriarchs ,आर्च बिषप, बिषप र दुई मुख्य कार्डिनलहरुसंग पनि जो पछि गएर पोपका लागी निर्वाचित हुनु भएको थियो । उनले बिश्वभरका पत्रकारहरुसंग र धेरै मिडिया साक्षात्कार पनि गर्नु भएको छ ।

क्यानाडाको टारेन्टोमा २०१३ मा मैले एक स्वतन्त्र पत्रकारको रुपमा एक अखबारको लागी भसुलासंग साक्षात्कार गरेको थिए र त्यसबेला उनले ईश्वरमा सत्य जीवन र हेवेन इज रियल बट सो इज हेल को साक्षी भएको गवाही दिनु भएको थियो । उनी संग साक्षातकार हुँदाको दूई कुरा मेरो दिमागमा आयो । पहिलो भसुलाको ज्ञानको गहिराई र TLIG का सन्देश यती धेरै गहिराईमा बुझ्नु भएको छ कि अरु कसैले बुझ्न सक्दैन थियो — उनले निकै पारदर्शी ढंगले ब्याख्या गर्नु भएको थियो । दोस्रो कुरा ,उनको सुमधुर आवाज जुन आवाज म सुन्ने चाहाना गर्छु , मैले अरोग्य शान्तिको महशुस गरेको थिए ।

भसुलाको मिसन — २८ नोभेम्बर २०१८ मा ३३ बर्ष पुग्नेछ — ३३ बर्ष निकै गाह्रो थियो । जब कि उनीलाई थुप्रै मण्डलीका अधिकारीहरुले साथ पनि दिएका थिए । ईश्वरमा सत्य जीवनका सन्देशहरु लाई निहिल ओबस्टतले मण्डलीहरको इम्पिमिटर (धार्मीक पुस्तक प्रकाशन गर्ने अनुमति पत्र) पत्र का साथ मोहर लगाउनु भएको छ । तरै पनि भसुलालाई झुठो आरोपहरु लाग्ने ,सतावत र पादरीहरुले पनि उनको इमान्दारीतामा  निरन्तर रुपमा निन्दा गरी संका गर्ने गरेका छन् । तर, यसै गरि धेरै सन्तहरु र चेलाहरुलाई पनि सताईएको थियो । के येशूले पनि त्यस्ता दुर्भाग्यको सामना गर्नु भएको थिएन र ?

सधै यो सम्झना गर कि : मसिहलाई सताईएको थियो, उहाँ र उहाँको चेलाहरुलाई पनि नराम्रो ब्यवहार गरिएको थियो; बालक ! तिमी म बाट हौ र तिमी म बाट आएका हौ, मसिहले जस्तै गरि तिमीले पनि पिडा भोग्नु पर्नेछ , मैले तिमीलाई पहिले नै चेतावनी दिएको थिएन र, अहिले त तिमीलाई केवल संम्झना दिलाउको मात्र हो ; (येशू , ईश्वरमा सत्य जीवन, २३ जुलाई, १९९४) सम्पूर्ण मिशनमा धेरै पिडा, सतावत र बाधाहरको बावजुत पनि भसुला सहसी भई उहाँको चाहाना पुरा गर्न बिश्वासमा नम्र र आज्ञाकारी भई निरन्तर रुपमा ख्रिष्टको पाइलाहरु पछ्याउँदै अघि बढि रहिन । २४ डिसेम्बर १९९१ मा ईश्वरमा सत्य जीवन सन्देशमा येशू भन्नुहुन्छ : छोरी, मेरा पाईलाहरु पछ्याऊ र कुनै पनि सभाहरमा मेरो पवित्र नाम लेऊ ।

ख्रिष्टमा,

मिशेल राइट