ईश्वरमा सत्य जीवनको १० औ बार्षिकोत्सब

शान्ति तिमीसंग छ ; मेरी भसुला, अँ, मलाई थाहा हुन देऊ, मलाई थाहा हुन देऊ, के तिमी यी सबै बर्षहरुमा यस्तै प्रकारले साथमा रहन पाउँदा खुशी छौ ? हृदयका साथ बनाएको मेरी शृजना, के तिमी खुशी छौ ?

मेरो खुशी को आनन्द

म कसरी खुशी हुन सक्दिन र ?

मैले बादलहरुमा तिम्रो सासलाई बोकेको छु

ताकी बतास संगै अग्रसर भई अघि बढ्न,

बतासकै अंश बन्न,१

त्यसैले म कसरी खुशी हुन सक्दिन र ?

र तिमी मेरो अंश बन, २ र म तिम्रो अंश बननेछु, जसरी मैले तिमीलाई आफ्नो घर बनाएको छु त्यसरी नै तिमीले पनि मलाई आफ्नो घर बनाऊ, तिम्रो आत्मालाई सुखमय स्थानमा रुपान्तरण गर ताकी म महिमा पाउन सकुँ ; आफ्नो कदमलाई पंख सरी बतास संगै अघि बदाऊ ,मेरो पवित्र हृदयमा तिम्रो लाग िबिशेष स्थान छ ।

 

मेरा आफ्नो हृदयको पवित्र भोज !

मेरो आँखाको मलम ! पवित्र त्रीएक ज्योती !

मेरो आत्मा खुशी छ ’cause, तिमीले “निर्बाद” उद्धार गरेका छौ,

पवित्र त्रीएकले तिन गुणा तिम्रो नाउँलाई आशीष दिउन् ।

यदी म साँच्चै तिम्रो हुँ भने ‘तिम्रो आफ्नै हृदयको भोज’; आजको मितिलाई बार्षिक रुपमा मनाऊ जहाँ मैले तिमीलाई र अन्य धेरैलाई मेरो हृदयमा ल्याएको छु ; र ती असंख्य बहुमुल्य खजानाहरु जुन मैले तिमीहरुको समयको लागी दिएको छु । यो महान दिनलाई सधै सम्झ; मेरो साथ सधै रहनु जसरी बिगत १० बर्षदेखी छौ ः मेरो साथ कहिल्यै नछोड, म संग संगै हिंड जसरी यी सब बर्षहरुमा हिड्यौ ; हेर मैले तिमीलाई कसरी शिक्षित पारे ? हेर मैले कसरी गरे ? मेरो ज्ञानलाई हेर ? मैले तिमीलाई अपनाएर अरु धेरै जनालाई पनि अपनाए ; मेरो मार्ग सिधा छ , मेरो तिमी सम्म पुग्ने मार्गहरु निकै रोचक थिए….. तिम्रो राजा शिद्ध र सुन्दर छ ;

“ मेरो मण्डलीलाई पुनर्जीवित पार, मेरो मण्डलीलाई सिङ्गार गर । मेरो मण्डलीलाई एक बनाऊ, जुन कुरा तिम्रो निम्ति मेरो मेरो आज्ञा थियो । मेरो महिमाको लागि तिमीसंग काम गर्नको योग्य हुनको लागी मैले तिमीबाट मागेको कुरा मेरो इच्छा अनुसार गर्नको निम्ति तिम्रो सहमति नै हो । त्यसैले तिमीले मेरो मित्रता हासिल गरेका छौ ।

मेरो मण्डलीले म कहाँ फर्की आउने धेरै आत्माहरुको कारण अब लाभ पाएको छ … र अब उनीहरको म प्रतिको प्रशंसा स्वर्गमा मेरा स्वर्गदुतहरुले प्रशंसा संगै मिलेको छ , एकताको लागि मेरो हृदयले सबभन्दा बढी के चाहन्छ भनी म तिम्रो मुखबाट बोलेँ । तिमीले ब्यर्थैमा मेहेनत गरेका छैनौ । मेरो बचन र मेरो इच्छा यो थियो ः ईस्टरको मिती एउटै बनाउने कुरा अरुलाई प्रचार गर्न तिमीलाई मैले भनेको थिएँ, र त्यो तिमीले गरेका छौ ।

देख्यौ ? मेरी छोरी, मेरो कुरा मान्नु तिम्रो आत्माको सिद्ध बिशेषता र ज्योती थियो । मिश्रकी छोरी , मैले तिमी माथि निरन्तर रुपमा पहरा राखेँ ,मेरो पुरै उद्देश्य पुरा गर्नको निम्ति मैले तिम्रो आत्मामा खोजेको प्रकाश तिमीलाई मेरो आत्माद्धारा दिईउको थियो, जो तीन गुणा पवित्र हुनुहुन्छ ।

ईश्वरीय प्रेमको सुन्दर कथाको सुरुवात भएको ३४ बर्ष पुरा भएको छ ! पछिल्लो ३४ बषृको लागी, परमेश्वर मानवताको लागी सन्देश दिन आफ्नो सिहांसनबाट ओर्ली आउनु भएको छ , उहाँको करुणा र दया पैकट गर्नु भएको छ । सम्पूर्ण ब्रह्राण्डलाई सुगन्धित बनाउँदै । उहाँ हम्रो हृदय खोजी गर्नुहुन्छ र हामी बिचको मेलमिलाप खोजी गर्नु हुन्छ ,उहाँले हाम्रो प्रार्थना सुन्न अति उत्सुक भई आफ्नो स्नेहले भरिएको हात हामी माथि राख्नु भएको छ ।

हामी हाम्रो परमेश्वरलाई धज्यवाद चदाउँदछौ, जसले हामीलाई कहिले पनि छोड्नुहुने छैन र हामी भसुलाको लागी प्रार्थना गर्दछौ , परमेश्वरले उहाँलाई सुम्पनु भएको कार्यको लागी प्रेम संग प्रेम फैलाऊ ।