हे प्रभु !

तपाई जो हाम्रो माझमा खडा हुनुहुन्छ,

हाम्रो हेरविचार गर्नुहुन्छ,

तपाईको राजकीय सिंहासनलाई

तपाईकै दाखवारीको माझमा

खडा गर्नुहोस्,

र हामीलाई आज्ञा दिनुहोस्,

हे ! पवित्रहरुमा पनि महापवित्र

हामीलाई शुद्ध पार्नुहोस्

ताकि हामीले तपाईको भवन अनि

दाखवारीको पवित्रतालाई जोगाई राख्न सर्कौ

तपाईले जे रोप्नु भएको थियो,

त्यसको प्रेमपुर्वक वास्ता अनि सुरक्षा गर्नुहोस्

हामीले त तपाईलाई त धोका दिएका छौ

तर पनि हामीलाई थाहा छ र

बिश्वास अनि भरोसा छ कि तपाईले

आफ्नो दाखवारीमा,

जीवनको खोला बगाउन आशिषको मुहानलाई

पुरै खोल्नु हुनेछ

यसपछि, एकपल्ट फेरि यो दाखवारीमा,

पहिले भन्दा धेरै स्वर्गीय महिमाका साथ

फलहरु फलाउने राजकीय बगैचा हुनेछ

किनकि अब पवित्र आत्माले यसलाई

पुरै ढाकेको हुनेछ ।

आमेन । २१ डिसेम्बर १९९२