हे मेरो येशू , दिनभरि म तपाईको प्रेममा आनन्दित हुनेछु ।
तपाईको प्रेम र विश्वायोग्यताको घोषणा गर्न म रोकिनेछैन ,
’cause त्यो प्रेम सदा सर्वदाको निम्ति रहनेछ र
त्यसले स्वर्ग र पृथ्वीमा बलियासंग जरा गाडेको छ ।
अब यस्तो समय आउनेछ, अनि कसैले पनि तपाईको प्रेमलाई इन्कार गर्न सक्नेछैन ।
सेप्टेम्बर ३०, १९८९

(क्रिसमसको साँझ भसुलाले गर्नुभएको प्रार्थना)
आजको साँझ तपाईको जन्म दिनको साँझ हो प्रभु !
मेरो प्रेमी प्रभु म धेरै आनन्दित छु ,
हाम्रो महान प्रभुको प्रसंसा होस् !
हे प्ररमेश्वर, मलाई तपाईको पवित्रतामा डुवाउनुहोस्
र कसरी पवित्र जीवन जिउने देखाउनुहोस ।
अनन्तको परमेश्वर मलाई तपाईको पवित्रतामा डुवाउनुहोस्
प्रेमी परमेश्वर मलाई पवित्र बनाउनुहोस ।
हामी तपाईका सन्तानहरुलाई पवित्र तुल्याउनु भई ,
एकतामा एउटै शुत्रको वेदीमा राख्नुहोस् ।
तपाईको प्रसंसा र महिमा होस् ,
सत्यताको पवित्र आत्मा हामीमा पठाउनु होस,
हामीमा सत्यता प्रकट गर्नको निम्ति यो अन्धकारमा तपाईको ज्योती
हामीमा चम्कीयोस र हामीलाई सत्यतामा अगुवाई गरियोस
हामी सबैजनालाई एउटै गोठालोको नेतृत्वमा ल्याउनुहोस्
तपाईको आगमन सम्म
प्रभु आउनुहोस !” डिसेम्बर २४,१९८८