“धर्मी पिता, मेरो आश्रय,

तपाईंको ज्योति र सत्यता पठाउनुहोस्,

तपाईं बस्नुहुने तपाईंको पवित्र स्थानतिर

डो¥याउनको लागि

यिनलाई मेरो मार्गदर्शक हुन दिनुहोस्,

म मेरो हिस्साको लागि तपाईंलाई पूर्णरूपमा प्रेम गर्छु,

तपाईंका वचन पूरा गर्नका लागि

म मेरो प्रतिज्ञा पूरा गर्नेछु,

पवित्र पिता, मेरा गल्तीहरू,

मेरा पापहरूको ’boutमा म सचेत छु,

तपाईंको भलाइ र तपाईंको महान्

उदारतामा ममाथि कृपा गर्नुहोस्

मेरा पापहरू क्षमा गर्नुहोस्,

मलाई शुद्ध बनाउनुहोस्, प्रभु,

मेरो उद्धारकर्ता हुनुहोस्,

मलाई नवीकरण गर्नुहोस्,

मेरो आत्मालाई तपाईंप्रति इमानदार र इच्छुक राख्नुहोस्,

म आत्मसमर्पण गर्दै तपाईंलाई मेरा इच्छा समर्पण गर्दछु,

म तपाईंको पाटी बन्नको निम्ति इच्छुक छु,

म तपाईंको पवित्र नामको प्रशंसा गर्दछु

अनि तपाईंले मलाई दिनुभएका सबै आशिषहरू

र शान्तिको लागि धन्यवाद भन्दछु । आमिन् ।” १३ नोभेम्बर १९८७