२००४ जुलाईमा ईश्वरमा सत्य जीवन (TLIG) रेडियो पहिलो पटक ईन्टरनेट मार्फत प्रसारण आरम्भ गरिएको थियो । यो एक नाफा रहित क्रिश्चियन रेडियो ( स्वयंसेवकको सहयोगद्धारा मात्र संचालित ) र यसको उदेश्य भनेकै ईश्वरमा सत्य जीवनका सन्देशहरु प्रसारण गर्नु हो जुन भसुला रायडनले सन् १९८५ देखि प्राप्त गरिरहेकी छिन् ।

१९९० जुन ३० मा , परमेश्वर भन्नुहुन्छ : “मेरा सन्देशहरु प्रसारण गर । म तिमीलाई मेरा सन्देशहरु परिचालन गर्नको निम्ति साधनहरु दिनेछु । म बाँकी समयका हरेक आवश्यकताहरु आपुर्ती गर्नेछु । फूल ,मेरो धुपको सुवासना जनसाधारणमा फैलाउ ।”

सन्देशहरु ’bout भसुला भन्नुहुन्छ : “यी प्रेरित लेखाईले पाठकहरुलाई परमेश्वरलाई थाहा पाउन र बुझ्न सिकाउने छ । धेरै मानिहरु परमेश्वरमा विश्वास गर्छन तर परमेश्वरलाई चिन्दैनन् । उस्तै तवरले हामीलाई परमेश्वरसंगको आत्मिय घनिष्ठ नाताको लागी प्रोत्साहन गर्छ । यसरी पबित्र आत्माद्धारा येशूमा एक हुन । बिश्वासीहरु एउटा उस्तै जीवन जीउन प्रार्थना गर्छन, ईसा मसीहको जीवन ।”